• पुस १७, २०८१
  • No Comment
  • 164

भीम रावलले आज पत्रकार सम्मेलन गरेर आफ्ना योजना सार्वजनिक गर्दै

सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग छलफल गरेका थिए । उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ । २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए । रावलले आफूले खोल्ने पाटीको नाम गैरकम्युनिष्ट हुने बताएका थिए ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *