• पुस १५, २०८१
  • No Comment
  • 218

आज ‘तमु ल्होसार’ गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउदैं, देशभर सार्वजनिक विदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ । यस्तै, देशका अधिकांश स्थानमा पुसे १५ मनाउने प्रचलन समेत छ । सुदूर तथा कर्णालीका अधिकांश भेगमा यसदिन गाउँखाने कथा भन्दै रातभर जाग्राम बस्ने प्रचलन छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *