• पुस १४, २०८१
  • No Comment
  • 132

पोखरामा नेपाल–चीन मैत्रीपूर्ण डुङ्गा दौड प्रतियोगिता शुरू

पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण ’ड्रागन बोट रेस’ अर्थात् डुङ्गा दौड प्रतियोगिता शुरू भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण डुङ्गा दौड प्रतियोगिता आजदेखि भएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० वटा समूह सहभागी छन् । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर्ड गरी एक सय २९ जना खेलाडी पोखरा आएका छन् ।

प्रतियोगितामा चीनका आठ, सिङ्गापुरका एउटा र नेपालका विभिन्न ठाउँबाट ११ वटा समूह रहेका छन् । नेपालको तर्फबाट प्रतियोगितामा गण्डकी, बाग्मती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोट गण्डकी, बेगनास टोली, रूपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ वटा टोलीको सहभागिता छ ।

प्रतियोगितामा पाँच सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…
रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *