• पुस १४, २०८१
  • No Comment
  • 162

पोखरामा नेपाल–चीन मैत्रीपूर्ण डुङ्गा दौड प्रतियोगिता शुरू

पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण ’ड्रागन बोट रेस’ अर्थात् डुङ्गा दौड प्रतियोगिता शुरू भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण डुङ्गा दौड प्रतियोगिता आजदेखि भएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० वटा समूह सहभागी छन् । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर्ड गरी एक सय २९ जना खेलाडी पोखरा आएका छन् ।

प्रतियोगितामा चीनका आठ, सिङ्गापुरका एउटा र नेपालका विभिन्न ठाउँबाट ११ वटा समूह रहेका छन् । नेपालको तर्फबाट प्रतियोगितामा गण्डकी, बाग्मती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोट गण्डकी, बेगनास टोली, रूपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ वटा टोलीको सहभागिता छ ।

प्रतियोगितामा पाँच सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *