• पुस १४, २०८१
  • No Comment
  • 115

दक्षिण कोरियामा विमान दुर्घटना  १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १८१ जान सवार भएको विमानमा २ जना बाँच्न सफल भएको अन्तराष्ट्रि सञ्चारमाध्मले जनाएका छन ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उद्धार गरिएका २ जनाबाहेक बाँकी सबैको मृत्यु भएको अनुमान गरिएको उल्लेख गरेको छ । यद्यपि अहिलेसम्म अधिकारीहरूले १७९ जनाको मृत्यु पुष्टि गरेको जनाइएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक थिए । विमान दुर्घटनाको ठोस कारण भने पत्ता लागेको छैन । तर, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोकिएको देखिएको छ ।

विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ, जसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । भिडिओमा विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोकिएपछि त्यसको केही भाग आगोले जलेको देखिन्छ। दोस्रो भिडिओमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखिन्छ ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्य बचाइएको बताइएको छ।

 

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *