• पुस १४, २०८१
  • No Comment
  • 182

दक्षिण कोरियामा विमान दुर्घटना  १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १८१ जान सवार भएको विमानमा २ जना बाँच्न सफल भएको अन्तराष्ट्रि सञ्चारमाध्मले जनाएका छन ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उद्धार गरिएका २ जनाबाहेक बाँकी सबैको मृत्यु भएको अनुमान गरिएको उल्लेख गरेको छ । यद्यपि अहिलेसम्म अधिकारीहरूले १७९ जनाको मृत्यु पुष्टि गरेको जनाइएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक थिए । विमान दुर्घटनाको ठोस कारण भने पत्ता लागेको छैन । तर, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोकिएको देखिएको छ ।

विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ, जसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । भिडिओमा विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोकिएपछि त्यसको केही भाग आगोले जलेको देखिन्छ। दोस्रो भिडिओमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखिन्छ ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्य बचाइएको बताइएको छ।

 

सम्बन्धित खबर

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *