• पुस १३, २०८१
  • No Comment
  • 156

दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउँदा यस्ता छन फाइदा

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै–फाइदा
काठमाडौं– स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।

त्यसमा पनि बिहान खाली पेटमा मनतातो पानी पिउनु निकै दाभदायक मानिन्छ। अझै चिसो हटिसकेको छैन। यो समयमा मनतातो पानीको विशेष महत्व छ।

मनतातो पानी चिसो समयमा मात्र होइन जुसुकै मौसममा पनि पिउन सकिन्छ। बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ।

दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।

बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ। पर्‍याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग पुग्छ। भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनाले भोक जगाउँछ।

रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिएर स्वास्थ्य लाभ लिनसकिन्छ। छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिने गर्नुपर्छ। चियाकफीको साटो ग्रीन टी पिउनुहोस्. यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ।

बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ। थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *