• पुस १३, २०८१
  • No Comment
  • 64

दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउँदा यस्ता छन फाइदा

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै–फाइदा
काठमाडौं– स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।

त्यसमा पनि बिहान खाली पेटमा मनतातो पानी पिउनु निकै दाभदायक मानिन्छ। अझै चिसो हटिसकेको छैन। यो समयमा मनतातो पानीको विशेष महत्व छ।

मनतातो पानी चिसो समयमा मात्र होइन जुसुकै मौसममा पनि पिउन सकिन्छ। बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ।

दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।

बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ। पर्‍याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग पुग्छ। भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनाले भोक जगाउँछ।

रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिएर स्वास्थ्य लाभ लिनसकिन्छ। छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिने गर्नुपर्छ। चियाकफीको साटो ग्रीन टी पिउनुहोस्. यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ।

बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ। थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ।

सम्बन्धित खबर

काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको…
दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८…

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *