• पुस १३, २०८१
  • No Comment
  • 108

२१ वर्षे प्रहरी जवानले आफैँमाथि चलाए गोली

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्.

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए।

‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।’

उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ। न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ।

 

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *