• पुस १३, २०८१
  • No Comment
  • 146

२१ वर्षे प्रहरी जवानले आफैँमाथि चलाए गोली

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्.

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए।

‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।’

उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ। न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ।

 

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *