• पुस ९, २०८१
  • No Comment
  • 140

चेक बाउन्सको मुद्दामा वडा अध्यक्ष पक्राउ

चेक बाउन्सको मुद्दामा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।
उनलाई चेक बाउन्सको मुद्दामा सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनी विरुद्ध गयानन्द ठाकुरले चेक बाउन्सको मुद्दा दायर गरेका थिए । ठाकुरलाई कामतले ५ लाखको चेक दिएका थिए ।

मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले जानकारी दिए ।

कामतले दिएको ५ लाखको चेक बाउन्स भएपछि कार्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाअध्क्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *