• पुस ९, २०८१
  • No Comment
  • 42

आजको मौसम : केही भूभागमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्‌ने

हाल देशभर पश्चिमी वायु र पश्चिमी न्युन चापीय प्रणालीकाे पनि सामान्य प्रभाव रहेको  छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ

सम्बन्धित खबर

खो–खो विश्वकप : विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

खो–खो विश्वकप : विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

नेपाली महिला टोली भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा खो–खो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपालले आफ्नो समूहमा अपराजित रहँदै अन्तिम…
कस्तो रहला आज यी प्रदशको मौसम

कस्तो रहला आज यी प्रदशको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि…
भीम रावलले अब नयाँ पार्टी ‘मातृभूमि जागरण अभियान, नेपाल’ राख्ने प्रश्ताव गरे

भीम रावलले अब नयाँ पार्टी ‘मातृभूमि जागरण अभियान, नेपाल’…

नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *