• पुस ४, २०८१
  • No Comment
  • 178

मुम्बईमा एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा १३ जनाको मृत्यु

मुम्बईको तटमा एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगा दिउँसो सवा ३ बजेतिर दुर्घटना भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार गेटवे अफ इन्डियाबाट ८.२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको हो ।

डुंगा पल्टिँएर ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन । अन्यको उद्धार गरिएको छ ।

नौसेनाले गरेको प्रारम्भिक अनुसन्धानले नौसेनाको जहाजको इन्जिन खराब भएको देखाएको छ । महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *