• मंसिर ३०, २०८१
  • No Comment
  • 140

नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि भ्रष्टाचार मुद्दामा दोषी ठहर

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि दोषी ठहर भइ पक्राउ परेका छन् । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटले जानकारी दिए ।

नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए । उनलाई दुई छुट्टाछुट्टै मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ ।

विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशबाट सदर भएको थियो । तर, श्रेष्ठ त्यसयता फरार थिए ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने डीएसपी भाटले बताए । अदालतमा पेश गरेपछि उनी फैसला कार्यान्वयनको लागि कारागार बस्नुपर्नेछ ।

 

सम्बन्धित खबर

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने…
अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *