• मंसिर २९, २०८१
  • No Comment
  • 112

बर्दियाको ठाकुरबाबामा चितुवाको आक्रमणबाट ६ जना घाइते

बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।

जिल्लाको ठाकुरबाबा नगरपालिका -४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा परेर स्थानीय झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उहाँलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ ।

त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते हुनु भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि यस्ता घटना घट्दै आएका छन ।

सम्बन्धित खबर

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने…
अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *