• मंसिर २९, २०८१
  • No Comment
  • 131

बर्दियाको ठाकुरबाबामा चितुवाको आक्रमणबाट ६ जना घाइते

बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।

जिल्लाको ठाकुरबाबा नगरपालिका -४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा परेर स्थानीय झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उहाँलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ ।

त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते हुनु भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि यस्ता घटना घट्दै आएका छन ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *