• मंसिर २९, २०८१
  • No Comment
  • 126

एनपीएल : काठमाडौँले पोखरालाई ६ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल ) मा काठमाडौँले पोखरालाई ६ विकेटले हराएकाे छ । नेपाल प्रिमियर लिग  क्रिकेटमा काठमाडौँ गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलाे खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन-तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक-एक विकेट लिए ।

यो जितसँगै काठमाडौंले ६ खेलबाट ६ अंक जोडेको छ । पराजित भएको पोखराको ४ अंक छ ।

सम्बन्धित खबर

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने…
अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *