• मंसिर २९, २०८१
  • No Comment
  • 160

गुल्मीमा गाडी दुर्घटना : पतिको मृत्यु, पत्नी र छोरासहित ५ जना घाइते

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने अन्य पाँच जना घाइते भएका छन ।

शुक्रबार साँझ बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका -४ दजाकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यृ हुने रेसुङ्गा नगरपालिका- ८ का ४५ वर्षीय रबिनकुमार श्रीस रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रबिनकुमारको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृतक श्रीसकी ३८ वर्षीय श्रीमती वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन् ।

त्यसैगरी गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका वडा -२ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *