• मंसिर २५, २०८१
  • No Comment
  • 25

शरिरमा रगतको कमी भएको कसरी थाहा पाउने ? हेर्नुहोस

रगत अभावका कारण तपाईं गम्भीर रोगहरूको जोखिममा पर्न सक्नुहुन्छ । यदि तपाईं आफ्नो स्वास्थ्य बलियो राख्न चाहनुहुन्छ भने तपाईंले रगत अभावलाई जतिसक्दो चाँडो हटाउने प्रयास गर्नुपर्छ ।

के तपाईंलाईं रगत अभावका कारण शरीरमा देखापर्ने लक्षणहरू बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईंलाई त्यस्ता लक्षणबारे बताउनेछौँ, जुन बेवास्ता गर्दा तपाईंलाई पछि गाह्रो पर्नसक्छ ।

सास फेर्न गाह्रो हुने
रगत अभावका कारण तपाईंलाई सास फेर्न गाह्रो हुनसक्छ । साथै, यदि तपाईंलाई चक्कर आउँछ भने यो पनि रगत अभावको संकेत हुनसक्छ । यदि तपाईंलाई दिनभर थकान र कमजोरी महसुस हुन्छ वा बारम्बार ऊर्जाको कमी महसुस हुन्छ भने सावधानी अपनाउनुपर्छ ।

हृदयको धड्कन बढ्नु

छातीमा दुख्ने जस्ता लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । यदि तपाईंको हृदयको धड्कन बढ्दैछ भने सम्भवतः तपाईंको शरीरमा रगत अभाव छ । बारम्बार सङ्क्रमण हुनु वा टाउकोमा दुख्नु पनि खतराको सङ्केत हुन सक्छ । साथै, रगत अभावका कारण हृदयको धड्कन पनि बढ्नसक्छ ।

छाला पहेँलो हुनु

रगत अभावको प्रभाव तपाईंको छालामा पनि देखिनसक्छ । छाला पहेँलो हुनु रगत अभावको सङ्केत हुनसक्छ । यदि तपाईंलाई यस्ता लक्षणहरू एकैचोटि देखिन्छ भने बिना ढिलाइ आफ्नो जाँच गराउनुहोस् अन्यथा तपाईंले ठूलो मूल्य चुकाउनु पर्नसक्छ ।

सम्बन्धित खबर

लोकप्रिय गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै

लोकप्रिय गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै

लोकप्रिय गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् । पारिवारिक स्रोतका अनुसार…
संखुवासभाको बाह्रबिसेमा आगलागी : ५ घर जलेर नष्ट

संखुवासभाको बाह्रबिसेमा आगलागी : ५ घर जलेर नष्ट

संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई,…
हुम्लामा बिहानैबाट हिमपात, फेरी चिसो बढ्यो

हुम्लामा बिहानैबाट हिमपात, फेरी चिसो बढ्यो

हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *