• मंसिर २५, २०८१
  • No Comment
  • 191

शरिरमा रगतको कमी भएको कसरी थाहा पाउने ? हेर्नुहोस

रगत अभावका कारण तपाईं गम्भीर रोगहरूको जोखिममा पर्न सक्नुहुन्छ । यदि तपाईं आफ्नो स्वास्थ्य बलियो राख्न चाहनुहुन्छ भने तपाईंले रगत अभावलाई जतिसक्दो चाँडो हटाउने प्रयास गर्नुपर्छ ।

के तपाईंलाईं रगत अभावका कारण शरीरमा देखापर्ने लक्षणहरू बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईंलाई त्यस्ता लक्षणबारे बताउनेछौँ, जुन बेवास्ता गर्दा तपाईंलाई पछि गाह्रो पर्नसक्छ ।

सास फेर्न गाह्रो हुने
रगत अभावका कारण तपाईंलाई सास फेर्न गाह्रो हुनसक्छ । साथै, यदि तपाईंलाई चक्कर आउँछ भने यो पनि रगत अभावको संकेत हुनसक्छ । यदि तपाईंलाई दिनभर थकान र कमजोरी महसुस हुन्छ वा बारम्बार ऊर्जाको कमी महसुस हुन्छ भने सावधानी अपनाउनुपर्छ ।

हृदयको धड्कन बढ्नु

छातीमा दुख्ने जस्ता लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । यदि तपाईंको हृदयको धड्कन बढ्दैछ भने सम्भवतः तपाईंको शरीरमा रगत अभाव छ । बारम्बार सङ्क्रमण हुनु वा टाउकोमा दुख्नु पनि खतराको सङ्केत हुन सक्छ । साथै, रगत अभावका कारण हृदयको धड्कन पनि बढ्नसक्छ ।

छाला पहेँलो हुनु

रगत अभावको प्रभाव तपाईंको छालामा पनि देखिनसक्छ । छाला पहेँलो हुनु रगत अभावको सङ्केत हुनसक्छ । यदि तपाईंलाई यस्ता लक्षणहरू एकैचोटि देखिन्छ भने बिना ढिलाइ आफ्नो जाँच गराउनुहोस् अन्यथा तपाईंले ठूलो मूल्य चुकाउनु पर्नसक्छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *