• मंसिर २३, २०८१
  • No Comment
  • 206

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी बायुका कारण आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ ।

कतै हुस्सु-कुहिरो र कतै वर्षा-हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष हिउँदे बुलेटिन जारी गरी वर्षा र हिमपातको प्रक्षेपण सार्वजनिक गरेको थियो ।

महाशाखाका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ ।

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले गत असोजमो ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने जनाएको थियो । यस पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले जनजीवनलार्इ प्रभाव पर्ने भएकाले अावश्यक शतर्कता अपनाउन महाशाखाले विशेष अनुराेध गरेकाे छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *