• मंसिर १९, २०८१
  • No Comment
  • 166

सुनसरीमा गोली प्रहार गरी गरियो गाँजा बरामद

सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा गएराति प्रहरीले गोली चलाएको छ । सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाबाट धरान तर्फ आउँदै गरेको स्कोर्पियो सहित दुई वटा अवैध गाँजा बोकेको गाडी   प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको छ ।

गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेपनि कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।

गाडि नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड गाेली चलाएकाे हाे । साथै गाँजा कारोबारीमाथि थप अनुसन्धान भइरहेको  प्रहरीकाे भनाइ छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *