• मंसिर १९, २०८१
  • No Comment
  • 135

सुनसरीमा गोली प्रहार गरी गरियो गाँजा बरामद

सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा गएराति प्रहरीले गोली चलाएको छ । सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाबाट धरान तर्फ आउँदै गरेको स्कोर्पियो सहित दुई वटा अवैध गाँजा बोकेको गाडी   प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको छ ।

गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेपनि कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।

गाडि नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड गाेली चलाएकाे हाे । साथै गाँजा कारोबारीमाथि थप अनुसन्धान भइरहेको  प्रहरीकाे भनाइ छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *