• मंसिर १७, २०८१
  • No Comment
  • 178

जाडोमा दही खाँदा स्वास्थ्यलाई कस्तो प्रभाव पर्छ ? हेर्नुहोस

प्राय मानिसहरु जाडोमा दही खाँदा चिसो हुन्छ । भन्ने हिसाबले दहीको सेवन गर्दैन्न । तर जाडो मौसममा दहीको सही तरिकाको सेवन गरेमा फाइदा छ ।
दहीले पाचन बढाउन मद्दत गर्दछ । तर जाडोमा दही खाँदा भिटामिन बी १२ पनि बढाउन सकिन्छ । हाम्रो खाना दही बिना अधुरो मानिन्छ। स्वादका साथसाथै यो हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दही एक स्वस्थ प्रोबायोटिक हो जुन उच्च प्रोटीन, भिटामिन र कम कार्बोहाइड्रेट खनिजहरूले भरिएको छ । दहीलाई राइता, दही वा माछा, लस्सी जस्ता धेरै तरिकाले आहारमा समावेश गर्न सकिन्छ ।

हाम्रो शरीरको लागि भिटामिन बी १२ जति महत्त्वपूणर् छ, त्यति नै मानिसहरूमा यो भिटामिनको कमी छ । खासगरी शाकाहारी खाना खाने मानिसमा भिटामिन बी १२ को कमी देखिन्छ । तर प्रोबायोटिक्सले भरिपूणर् दहीको साथमा केहि चीजहरू खाएमा भिटामिन बी १२ को कमीलाई हटाउन सकिन्छ।

दही सही तरिकाले खानुहोस्
दहीले पाचन क्रिया सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । यसका साथै दहीमा भिटामिन बी १२ पाइन्छ, जुन मस्तिष्क, स्नायु र रातो रक्त कोशिकाका लागि निकै महत्वपूणर् हुन्छ। तर, यसको फाइदा लिन चिसो मौसममा यसलाई राम्ररी खानु जरुरी छ ।

दहीसंग गुड खानुहोस्

जाडोमा गुड मिसाएर दही खान सकिन्छ । जाडोमा गुड र दहीको मिश्रणले शरीरलाई न्यानोपन दिन्छ र बी १२ सँगै यसले आइरनको कमी पनि पूरा गर्छ । यस बाहेक अखरोट, बदाम र पिसेको चीजमा मिसाएर दही खानुहोस्, यसमा भिटामिन बी १२ र अन्य पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। बिहानको खाजामा तातो पराठासँग दही खान सकिन्छ । यो खाँदा पेट हलुका रहन्छ र शरीरलाई आवश्यक पोषण प्राप्त हुन्छ ।

यी चीजहरू मिलाउनुहोस्

दहीमा पालक, मिश्रित तरकारी वा बून्डी थपेर राइता बनाउनुहोस् । यसमा पुदिना र जीराको धुलो मिसाउँदा स्वाद र पोषण बढ्छ । यी सबै विधिहरू मध्ये, तपाईं आफ्नो इच्छा अनुसार कुनै पनि तरिकाले दही खान सक्नुहुन्छ । ध्यान दिनुहोस् कि दही चिसो छ, त्यसैले यसलाई दिउँसो खानुहोस् र रातमा नखानुहोस् ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *