• मंसिर १७, २०८१
  • No Comment
  • 149

जाडोमा दही खाँदा स्वास्थ्यलाई कस्तो प्रभाव पर्छ ? हेर्नुहोस

प्राय मानिसहरु जाडोमा दही खाँदा चिसो हुन्छ । भन्ने हिसाबले दहीको सेवन गर्दैन्न । तर जाडो मौसममा दहीको सही तरिकाको सेवन गरेमा फाइदा छ ।
दहीले पाचन बढाउन मद्दत गर्दछ । तर जाडोमा दही खाँदा भिटामिन बी १२ पनि बढाउन सकिन्छ । हाम्रो खाना दही बिना अधुरो मानिन्छ। स्वादका साथसाथै यो हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दही एक स्वस्थ प्रोबायोटिक हो जुन उच्च प्रोटीन, भिटामिन र कम कार्बोहाइड्रेट खनिजहरूले भरिएको छ । दहीलाई राइता, दही वा माछा, लस्सी जस्ता धेरै तरिकाले आहारमा समावेश गर्न सकिन्छ ।

हाम्रो शरीरको लागि भिटामिन बी १२ जति महत्त्वपूणर् छ, त्यति नै मानिसहरूमा यो भिटामिनको कमी छ । खासगरी शाकाहारी खाना खाने मानिसमा भिटामिन बी १२ को कमी देखिन्छ । तर प्रोबायोटिक्सले भरिपूणर् दहीको साथमा केहि चीजहरू खाएमा भिटामिन बी १२ को कमीलाई हटाउन सकिन्छ।

दही सही तरिकाले खानुहोस्
दहीले पाचन क्रिया सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । यसका साथै दहीमा भिटामिन बी १२ पाइन्छ, जुन मस्तिष्क, स्नायु र रातो रक्त कोशिकाका लागि निकै महत्वपूणर् हुन्छ। तर, यसको फाइदा लिन चिसो मौसममा यसलाई राम्ररी खानु जरुरी छ ।

दहीसंग गुड खानुहोस्

जाडोमा गुड मिसाएर दही खान सकिन्छ । जाडोमा गुड र दहीको मिश्रणले शरीरलाई न्यानोपन दिन्छ र बी १२ सँगै यसले आइरनको कमी पनि पूरा गर्छ । यस बाहेक अखरोट, बदाम र पिसेको चीजमा मिसाएर दही खानुहोस्, यसमा भिटामिन बी १२ र अन्य पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। बिहानको खाजामा तातो पराठासँग दही खान सकिन्छ । यो खाँदा पेट हलुका रहन्छ र शरीरलाई आवश्यक पोषण प्राप्त हुन्छ ।

यी चीजहरू मिलाउनुहोस्

दहीमा पालक, मिश्रित तरकारी वा बून्डी थपेर राइता बनाउनुहोस् । यसमा पुदिना र जीराको धुलो मिसाउँदा स्वाद र पोषण बढ्छ । यी सबै विधिहरू मध्ये, तपाईं आफ्नो इच्छा अनुसार कुनै पनि तरिकाले दही खान सक्नुहुन्छ । ध्यान दिनुहोस् कि दही चिसो छ, त्यसैले यसलाई दिउँसो खानुहोस् र रातमा नखानुहोस् ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *