• मंसिर १४, २०८१
  • No Comment
  • 155

बाबियाचौर खानेपानी समितिको निर्वाचनमा राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी

सुर्खेत। सुर्खेतकाे पञ्चपुरी नगरपालिका मा रहेकाे बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति चयनका लागि यही मङ्सिर १७ गते कार्यसमिति छनोटको लागि निर्वाचन हुने भएको छ । ९ सदस्य कार्यसमिति चयनका लागि १४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

चुनावी प्रतिस्पर्धाका लागि अध्यक्ष पदका लागि गाग्री चुनाव चिन्ह लिएर चन्द्रबहादुर रावतको प्यानल प्रतिस्पर्धामा रहेको छ भने अर्कोतिर अध्यक्ष पदकै लागि धारा चुनाव चिन्हसहित पदम रिमालको प्यानल प्रतिस्पर्धामा रहेको छ ।

रावतको प्यानलमा उपाध्यक्षका लागि ईश्वरी अधिकारी सचिवमा बलबहादुर थापा कोषाध्यक्षमा प्रकाश कंडेल र सदस्यहरूमा सज्जन कार्की देवबहादुर सार्की र मोहन तारामी रहेका छन् । त्यसैगरी रिमालको प्यानलमा उपाध्यक्षका लागि विमला वि.क, सचिव जस बहादुर दर्लामी कोषाध्यक्ष शेर बहादुर कामी सदस्य उदय कामी, रमेश शाही र ओम प्रकाश भण्डारी रहेका छन ।

२ जना महिला सदस्य कृष्णा कुमारी नेपाली र नन्दशोभा भण्डारी निर्बिरोध निर्वाचित भएका छन । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको स्थानीयको भनाइ छ । उम्मेदवारहरूले प्रचारप्रसारको अभियानलाई तीव्रता दिएका छन् । खानेपानी उपभोक्ता समितिको मतदाता सङ्ख्या १ हजार जना रहेको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *