• मंसिर १४, २०८१
  • No Comment
  • 201

बाबियाचौर खानेपानी समितिको निर्वाचनमा राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी

सुर्खेत। सुर्खेतकाे पञ्चपुरी नगरपालिका मा रहेकाे बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति चयनका लागि यही मङ्सिर १७ गते कार्यसमिति छनोटको लागि निर्वाचन हुने भएको छ । ९ सदस्य कार्यसमिति चयनका लागि १४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

चुनावी प्रतिस्पर्धाका लागि अध्यक्ष पदका लागि गाग्री चुनाव चिन्ह लिएर चन्द्रबहादुर रावतको प्यानल प्रतिस्पर्धामा रहेको छ भने अर्कोतिर अध्यक्ष पदकै लागि धारा चुनाव चिन्हसहित पदम रिमालको प्यानल प्रतिस्पर्धामा रहेको छ ।

रावतको प्यानलमा उपाध्यक्षका लागि ईश्वरी अधिकारी सचिवमा बलबहादुर थापा कोषाध्यक्षमा प्रकाश कंडेल र सदस्यहरूमा सज्जन कार्की देवबहादुर सार्की र मोहन तारामी रहेका छन् । त्यसैगरी रिमालको प्यानलमा उपाध्यक्षका लागि विमला वि.क, सचिव जस बहादुर दर्लामी कोषाध्यक्ष शेर बहादुर कामी सदस्य उदय कामी, रमेश शाही र ओम प्रकाश भण्डारी रहेका छन ।

२ जना महिला सदस्य कृष्णा कुमारी नेपाली र नन्दशोभा भण्डारी निर्बिरोध निर्वाचित भएका छन । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको स्थानीयको भनाइ छ । उम्मेदवारहरूले प्रचारप्रसारको अभियानलाई तीव्रता दिएका छन् । खानेपानी उपभोक्ता समितिको मतदाता सङ्ख्या १ हजार जना रहेको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *