• मंसिर १३, २०८१
  • No Comment
  • 14

टिकटक एपले ब्युटी फिल्टर हटाउँदै

टिकटकले किशोर-किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् ।

वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरू आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो ।

प्रतिबन्ध वास्तविक उमेर राख्नेहरूको हकमा लागु हुने जनाइएको छ । तर, धेरैले आफ्नो नक्कली उमेर राख्ने हुँदा सबैमा लागु हुन नसक्ने ठानिएको छ ।

टिकटक एवं अन्य सामाजिक सञ्जालमा उपलब्ध राम्रो देखाउने फिल्टरहरूले खासगरी केटीहरूलाई आफ्नो शारीरिक बनावटलाई लिएर नकारात्मक भावना उत्पन्न गराइरहेको भन्दै विश्वभर चिन्ता बढ्दो छ ।

सम्बन्धित खबर

जाडोमा हरियो मटर स्वास्थ्यका लागि किन आवश्यक छ ?

जाडोमा हरियो मटर स्वास्थ्यका लागि किन आवश्यक छ ?

आफ्नो दैनिक आहारमा हरियो मटर समावेश गर्नाले ब्लड सुगर नियन्त्रण भइ स्वास्थ्यमा पनि सुधार हुन्छ । गलत खानपान र अनियमित जीवनशैलीका…
सुर्खेतमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजका विद्यार्थी प्रदेश प्रथम र द्धितिय

सुर्खेतमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजका विद्यार्थी प्रदेश प्रथम…

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य क्षेत्र तातापानी सुर्खेतमा संचालित ज्ञान–सिन्धु सुर्खेत कलेजका विद्यार्थीले प्रदेश प्रथम र द्धितीयको नजिता हात पार्न सफल…
मानव बेचबिखनको आरोपमा एक युवक पक्राउ

मानव बेचबिखनको आरोपमा एक युवक पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेको छन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *