• मंसिर १, २०८१
  • No Comment
  • 92

झापाकाे निन्दा खोलामा सालनालसहितको नवजात शिशु (छोरी) छोडेर आमा बेपत्ता

झापाको मेचीनगर नगरपालिका – १० स्थित निन्दा खोला नजिकै घाँरीमा सालनाल सहितको नवजात शिशु (छोरी) जिवितै भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दका अनुसार बिहिबार बिहान ६ः३० बजेको समयमा कमिलाले टोकी रहेको अवस्थामा मेचीनगर – ११ बस्ने ३७ बर्षकी इन्दिरा प्रसाई(बस्नेत) ले फेला पारेकी थिइन । उनले मर्निङ्ग वाक गर्ने क्रममा नवजात शिशु फेला पारेकी हुन ।
प्रसाईले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई प्रहरीको जिम्मा लगाएकी थिईन ।

शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्मा बुझाइएको प्रवक्ता चन्दले बताए । नवजात शिशु फाल्ने आमाको खोजीकार्य तीव्र पारीएको प्रहरीले जनाएको छ । घटनाबारे अपडेट आउँन बाँकि छ ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *