• कार्तिक ३०, २०८१
  • No Comment
  • 222

पञ्चपुरी नगरपालिकाको चतुरेचौकदेखि बजारसम्मको सडक निर्माणका लागि ६ र ७ वडाका नागरिकद्वारा ध्यानाकर्षण पत्र

दिलिप कडेल, सुर्खेत। बाबियाचौरको चतुरेचौक देखि बजारसम्मको सडक निर्माण सम्बन्धि आवश्यक व्यवस्था मिलाउन भन्दै स्थानीयहरु र समाजका अगुवा ब्यक्तिद्वारा ज्ञापनपत्र उल्लेख गरेका छन् । वडा नं ६ का वडा अध्यक्ष नर बहादुर सिजापतिद्वारा हस्ताक्षरित गरिएको ध्यान आकर्षण पत्रमा निर्माणको लागि ठेक्का लिएको जलजला कन्ट्रक्सनको चरम लापरवाही र स्थानीय ठेकदारको कमजोरीका कारण हालसम्म काम नभएको कुरा प्रष्ट छ।

दुई पटक म्याद थप गरिसकेको र बाँकी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको व्यहोरा यस पत्रमा उल्लेख भएको देखिन्छ । स्थानीय सरकारले अझ बढी निगरानी गर्नुपर्ने र लापरवाही गर्ने कन्ट्रक्सनको लाइसेन्स ब्ल्याकलिस्टमा राख्ने कार्यको पनि थालनी होस्। छिटोभन्दा छिटो जनताहरूलाई राहत हुनुपर्छ, भन्ने ब्यहोरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, साथै सडक बिस्तार कार्यमा लापरबाही भएसँगै पञ्चपुरी नगरपालिकाका नागरिकहरुले निक्कै सास्ती र हैरानी खेप्दै आएको भन्दै सडक जस्तो अति संवेदनशील क्षेत्रलाई सधैं भरी सञ्चालन हुने गरी आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

’चतुरेचौक देखि बजारसम्मको सडक’ निर्माण कार्य सम्पन्न नहुँदा यात्रुहरु कष्टपुर्ण यात्रा गर्न बाध्य छन् । यस समस्यालाई चाँडै सुल्झाउनको लागि पञ्चपुरी नगपालिकाका प्रमुख लालवीर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाईएको पञ्चपुरी नगरपालिका वडा नं ५ र ६ का स्थानीय नागरिकहरले बताएका छन् । जस्तो सुकै अवस्थामा सडक निर्माणका लागि आवश्यक उपायहरुको अबलम्बन गर्न सम्बन्धित सरोकारवाला निकायहरुलाई आवश्यक निर्देशन होस् भनेर ध्यानाकर्षण गराईएको वडा न ६ का वडा अध्यक्ष नर बहादुर सिजापतिले बताउनु भएको छ ।

सम्वन्धित निर्माण कम्पनी लगायत अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी सडक निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरिय किसिमले निर्माण गर्ने वातावरणका लागि समेत आग्रह गरेको अध्यक्ष सिजापतीले बताउनु भएको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *