• कार्तिक ३०, २०८१
  • No Comment
  • 197

पञ्चपुरी नगरपालिकाको चतुरेचौकदेखि बजारसम्मको सडक निर्माणका लागि ६ र ७ वडाका नागरिकद्वारा ध्यानाकर्षण पत्र

दिलिप कडेल, सुर्खेत। बाबियाचौरको चतुरेचौक देखि बजारसम्मको सडक निर्माण सम्बन्धि आवश्यक व्यवस्था मिलाउन भन्दै स्थानीयहरु र समाजका अगुवा ब्यक्तिद्वारा ज्ञापनपत्र उल्लेख गरेका छन् । वडा नं ६ का वडा अध्यक्ष नर बहादुर सिजापतिद्वारा हस्ताक्षरित गरिएको ध्यान आकर्षण पत्रमा निर्माणको लागि ठेक्का लिएको जलजला कन्ट्रक्सनको चरम लापरवाही र स्थानीय ठेकदारको कमजोरीका कारण हालसम्म काम नभएको कुरा प्रष्ट छ।

दुई पटक म्याद थप गरिसकेको र बाँकी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको व्यहोरा यस पत्रमा उल्लेख भएको देखिन्छ । स्थानीय सरकारले अझ बढी निगरानी गर्नुपर्ने र लापरवाही गर्ने कन्ट्रक्सनको लाइसेन्स ब्ल्याकलिस्टमा राख्ने कार्यको पनि थालनी होस्। छिटोभन्दा छिटो जनताहरूलाई राहत हुनुपर्छ, भन्ने ब्यहोरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, साथै सडक बिस्तार कार्यमा लापरबाही भएसँगै पञ्चपुरी नगरपालिकाका नागरिकहरुले निक्कै सास्ती र हैरानी खेप्दै आएको भन्दै सडक जस्तो अति संवेदनशील क्षेत्रलाई सधैं भरी सञ्चालन हुने गरी आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

’चतुरेचौक देखि बजारसम्मको सडक’ निर्माण कार्य सम्पन्न नहुँदा यात्रुहरु कष्टपुर्ण यात्रा गर्न बाध्य छन् । यस समस्यालाई चाँडै सुल्झाउनको लागि पञ्चपुरी नगपालिकाका प्रमुख लालवीर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाईएको पञ्चपुरी नगरपालिका वडा नं ५ र ६ का स्थानीय नागरिकहरले बताएका छन् । जस्तो सुकै अवस्थामा सडक निर्माणका लागि आवश्यक उपायहरुको अबलम्बन गर्न सम्बन्धित सरोकारवाला निकायहरुलाई आवश्यक निर्देशन होस् भनेर ध्यानाकर्षण गराईएको वडा न ६ का वडा अध्यक्ष नर बहादुर सिजापतिले बताउनु भएको छ ।

सम्वन्धित निर्माण कम्पनी लगायत अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी सडक निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरिय किसिमले निर्माण गर्ने वातावरणका लागि समेत आग्रह गरेको अध्यक्ष सिजापतीले बताउनु भएको छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *