• कार्तिक २६, २०८१
  • No Comment
  • 185

हप्ता मै धेरै बर्गर खाने मानिसलाई पर्न सक्छ यी कुराको असर

हिजो-आज बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई फास्टफुड खाने क्रेज बढ्दो छ । फास्टफूडहरुमा बर्गर अति नै लोकप्रिय बनेको छ ।

बर्गर खाँदा स्वादिलो हुने भएकाले कतिपय मानिसहरु हप्तामा यसलाई विभिन्न पटक खान मन पराउँछन् । तर के धेरै पटक बर्गर सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ भन्ने कुरा तपाईँलाई थाहा छ ?

बढी मात्रा बर्गर सेवन गर्नाले के-कस्ता नोक्सान पुर्याउँछ भन्ने जानकारी निम्न अनुसार छन

मुटु रोग
बर्गरमा तेलको साथै नुनको पनि प्रयोग गरिन्छ, जसमा सोडियमको रिच सोर्स हुन्छ । जसले ब्लड प्रेशर अत्यधिक रुपमा बढ्छ । जुन पछि गएर मुटुको रोगको कारण बन्छ ।

वजन बढ्नुको कारण
बर्गर एउटा हाई क्यालोरी र हाई फ्याटको स्रोत हुन्छ, जसको अत्यधिक सेवनले वजन बढ्न सक्छ । यदि तपाईले खानपानमा परहेज गर्नु भएन भने पेट र कम्मरमा बोसो जम्न सक्छ ।

डाइबिटिज
बर्गरमा अत्यधिक मात्रामा कार्ब्स हुन्छ, जसले स्वयं कार्बोहाइड्रेट मेटाबोलिज्मलाई बढाउँछ । जसले टाइप टू डाइबिटिजका लागि खतरा बढ्न सक्छ ।

प्रोस्टेट क्यान्सर
केहि बर्गरमा रेड मीटको प्रयोग गरिन्छ । अत्यधिक मात्रामा रातो मासुको सेवनले पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ । त्यसैले पुरुषले रातो मासुयुक्त बर्गर खानबाट बच्नु पर्छ ।

पाचनको समस्या
बर्गरमा अत्यधिक मात्रामा तेल र तारेको कुरा हुन्छ, जसको सेवनले पाचनलाई प्रभावित गर्न सक्छ, जुन पेट पोल्न, एसिडिटी र पेट दुख्ने जस्ता समस्याको कारण बन्छ ।

सिमित मात्रामा यसकाे सेवन गर्नु पर्दछ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *