• कार्तिक २४, २०८१
  • No Comment
  • 154

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा आत्मघाती बम विस्फोटः २६ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको मुख्य क्वेटा रेलवे स्टेसनमा भएको आत्मघाती बम विस्फोटमा २६ जनाको मृत्यु भएको छ । भने घटनामा ४० भन्दा बढी घाइते भएका छन ।

शनिबार क्वेटाको सान्डेम्यान प्रादेशिक अस्पतालका प्रवक्ता वसीम बेगले घटनामा १४ सैनिक र १२ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरीको प्रारम्भिक जानकारीअनुसार मृतकको संख्या २५ भनिए पनि पछि यो संख्या बढेर २६ पुगेको अस्पताल स्रोतले जनाएको छ।

विस्फोटका कारण यात्रुहरूलाई सुरक्षाका लागि राखिएको धातुको ठूलो पाता समेत उडेको थियो। विस्फोट क्वेटा रेलवे स्टेशनमा बिहान ८ः४५ बजे भएको थियो। यात्रुहरू प्लेटफर्ममा ट्रेनको प्रतीक्षा गरिरहेका बेला विस्फोट भएको हो।

बलुचिस्तानको मुख्य पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले उक्त हमलाको जिम्मेवारी लिँदै क्वेटा रेलवे स्टेशनमा पाकिस्तानी सेना लक्षित आक्रमण गरिएको बताएको छ। बीएलएका अनुसार यो हमला इन्फ्यान्ट्री स्कूलमा तालिम सकेका सेनामाथि लक्षित थियो।

पाकिस्तानको सरकारी समाचार संस्था एपीपीले रेलवे अधिकारीहरूको भनाइ उद्धृत गर्दै विस्फोट टिकट बुथ नजिकै भएको जनाएको छ। उक्त समयमा दुईवटा ट्रेन स्टेशनबाट छुट्न तयार थिए।

प्रधानमन्त्री शहबाज शरीफले यो आक्रमण गर्नेहरूले “महँगो मूल्य चुकाउनेछन्“ भन्दै कडा कारबाहीको चेतावनी दिएका छन्।

बलुचिस्तानमा बारम्बार आक्रमण हुने भए पनि शनिबारको विस्फोट अत्यधिक क्षतिसहितको रहेको छ। बलुचिस्तान पाकिस्तानको सबैभन्दा विपन्न क्षेत्र मानिन्छ। जहाँ खनिज र ऊर्जामा सम्पन्न भए पनि बाह्य लगानीकर्ताहरूमाथि स्थानीय स्रोतहरूको दोहन र त्यसबाट स्थानीय समुदायलाई बेवास्ता गरेको आरोप लगाइन्छ।

यसअघि, बीएलएले चिनियाँ लगानीमा सञ्चालित ऊर्जा परियोजनाहरूमा पनि आक्रमण गर्दै आएको थियो।

स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी मुहम्मद बलुचका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा बम लगेजभित्र राखिएको हुनसक्ने शंका गरिएको थियो। तर पछि यो सम्भावित आत्मघाती आक्रमण हुनसक्ने बताइएको छ। घटनास्थलमा सुरक्षाकर्मीहरूले कडा निगरानी राख्दै सामानहरूको खोजी गरिरहेका थिए।

विस्फोटमा मृत्यु भएकामध्ये मोहम्मद इरफानले अस्पतालमा आफ्ना दुई आफन्तको पहिचान गरेका छन्। “बिहान हामी उठ्दा विस्फोट भएको खबर सुनेका थियौं,“ उनले भने “त्यसपछि थाहा पायौं कि मेरा काका र अर्का आफन्त स्टेशनमा चिया खान गएको बेलामा विस्फोट भएको रहेछ।“

बलुचिस्तानमा पृथकतावादी आक्रमणहरूमा सैनिक र अन्य प्रान्तका मानिसहरूलाई लक्षित गरिँदै आएको छ। विशेषगरी पंजाबी समुदायलाई। यसअघि अगस्तमा बीएलएले सामूहिक आक्रमणको जिम्मेवारी लिँदै ३९ जनाको मृत्यु भएको दाबी गरेको थियो।

प्रकाशितः २४ कार्तिक २०८१ १६ः०३ शनिबार

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *