• कार्तिक २३, २०८१
  • No Comment
  • 31

दैलेख-सुर्खेत फोर्स गाडी दुर्घटनामा परेका घाइतेहरूको पहिचान खुल्यो

शुक्रबार दैलेखबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेतको वीरेन्द्रनगर- १४ रातानाङ्ग्ला नजिकै दुर्घटनामा परी घाइते भएका ३० जनाको पहिचान खुलेको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ । मृतकहरुको भने सनाखत हुन बाँकी छ । उक्त गाडीमा ३४ यात्रु सवार थिए । तीव्र गति र ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूको विवरण
१. नारायण नगरपालिका- ४, दैलेखका २८ वर्षीय चन्द्र मल्ल ।
२. भैरवी गाउँपालिका- ३, दैलेखकी २८ वर्षीया जगतकुमारी विष्ट र उनका दुई वर्षीय छोरा स्माइल आचार्य तथा छोरी ६ वर्षीया स्मारिका आचार्य ।
३. भैरवीगाउँपालिका- ३, दैलखका १२ वर्षीय राजन थापा
४. भैरवीगाउँपालिका- ३, दैलेखका २१ वर्षीय प्रकाश विष्ट
५. दुल्लु नगरपालिका- १२ की २६ वर्षीया चन्द्रा रावत र उनका सात वर्षीय छोरा सन्दीप थापा
६. भैरवी गाउँपालिका- १ की २२ वर्षीया सम्झना भण्डारी र उनका १८ महिने छोरा युनिक विष्ट
७. भैरवी गाउँपालिका-१० की चन्द्रा रावत
८. दुल्लु नगरपालिका- ६ की १९ वर्षीया सुजाता रावत
९. दुल्लु नगरपालिका- ६ की नौकीबिहानी केसी
१०. नाम थर वतन नखुलेकी १५ महिनाकी एक बालिका
११. वीरेन्द्रनगर- ८ की ३४ वर्षीया कृष्णा थापा, उनका चार वर्षीय छोरा राजन थापा र ११ वर्षीया छोरी अविक्षा थापा
१२. भैरवी गाउँपालिका- १ की १८ वर्षीया तुल्सी थापा
१३. भैरवी गाउँपालिका- २ की २३ वर्षीया लालकुमारी विष्ट
१४. भैरवी गाउँपालिका- २ की २२ वर्षीया पुष्पा खड्का
१५. नारायण नगरपालिका- ४ का २५ वर्षीय बालाराम रेग्मी
१६. महाबु गाउँपालिका- ३ का २५ वर्षीय सोवणर् शाही
१७. भैरवी गाउँपालिका- २ का १७ वर्षीय घनश्याम विष्ट
१८. महाबु गाउँपालिका- ३ का २० वर्षीय प्रकाश बुढा
१९. भैरवी गाउँपालिका- १ की ३१ वर्षीया रमा विष्ट
२०. भैरवी गाउँपालिका- ३ की २० वर्षीया कमला विष्ट
२१. महाबु गाउँपालिका- ३ का १६ वर्षीय हरि रावल
२२. भैरवी गाउँपालिका- १ की २७ वर्षीया सुजाता खत्री
२३. वीरेन्द्रनगर- ३ का २१ वर्षीय सौगात मल्ल
२४. भैरवी गाउँपालिका- ५ का ३० वर्षीय कमल नेपाली ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *