• कार्तिक २०, २०८१
  • No Comment
  • 24

इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु

गाजा शहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु भएकाे छ । साथै धेरै जना घाइते भएका छन् । हमलाबाट सेनाले उत्तरी गाजापट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरू समेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

हमलामा खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरेका छन् । गत अक्टोबरदेखि गाजा पट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् । हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *