- कार्तिक २, २०८१
- No Comment
- 37
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
दाङको बंगलाचुली गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको टिप्पर सोमबार बिहान १ बजे बंगलाचुली-४, जुम्लेपानीमा दुर्घटना हुँदा चालक गढवा गाउँपालिका -७ का २९वर्षीय प्रभु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । टिप्पर पल्टिएर सडकदेखि ८० मिटर तल पुगेको छ ।