• अशोज २९, २०८१
  • No Comment
  • 1

मनै लोभ्याउने चौकुने गाउँपालिका वडा न ६को धुकाने छहरा

आहा, कति सुन्दर छहरा  ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । चौकुने गाउँपालिका–६ बासपानी गाउँनजिकै रहेको धुकाने छहरा ले धेरैको मन लोभ्याएको छ । बासपानी नजिकै रहेको धुकाने छहराको प्रर्वद्धन गर्न सके पालिकाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

बासपानीको गाउँबाट करीब ८०० मिटर उत्तरपूर्वमा रहेको छहराको बनावट अनौंठो खालको छ । आवश्यक प्रचारप्रसार नहुँदा यो छहरा ओझेलमा परेको पुर्व वडा अध्यक्ष ईन्द्र ढकालले बताउनु भएको छ । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा छहरा क्षेत्रको उचित संरक्षण हुनसके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ ।माथिबाट सिधा बगेर झरेको पानीले छहराको थप आर्कषण बढाएको छ । छहराको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको स्थानीयहरु बताउछन् ।

कलकल बग्ने छहरा सुन्दरतासँगै खुला अनि वरीपरी हरिया पहाडको बीचमा रहेको छहरा लाई पालिकाकै उत्कृष्ट एवं आकर्षक पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीय हरुको भनाई रहेको छ । शनिबार तथा बिदाको समय छहरा मा पुगेर फोटा खिच्ने र रमाउने युवायुवतीको संख्या पनि ठूलै रहने गरेको छ ।छहरा सम्म पुग्न पक्की घोरेटो बाटो नभए पनि कच्ची पैदलमार्ग निर्माणकार्य भई सकेको छ ।समुद्री सतहदेखि करीब एक हजार मिटरको उचाइमा रहेका धुकाने छहराको लम्बाइ झण्डै ८० मिटर रहेको छ ।

छहराको तलबाट सुसाउँदै बग्ने कर्णाली नदि वरिपरी रहेको हरियो वन जंगल,ठुला चट्टाने पहाड र माथि पञ्चपुरीमाईको थानले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ ।पहाडी जलवायूको सामिप्यता महसुस हुने छहरा क्षेत्र वरिपरिका वनमा मृग, घोरल, बँदेल, झारल, कालिज, जस्ता विभिन्न जंगली जनावर तथा पक्षी देख्न सकिन्छ । यहाँ सामान्य पूर्वाधारको विकास गर्न सके पर्यटकको आकर्षण बढ्ने स्थानीयवासीको विश्वास छ । छहराको प्रचार र प्रवद्र्धन गर्न गाउँपालिकाले पनि पहल गर्ने अध्यक्ष खडक बिवस बासपानेले बताउनु भएको छ । गुरुयोजना तयार पारी विकास गरिने उहाँको भनाइ छ ।

, ‘चौकुने गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीयस्थल रहेका र तिनिहरूको प्रचारप्रसार गर्न गाउँपालिका लागि परेको छ ।’ धुकाने छहरा हेर्न गाउँका स्थानीयवासी छहरास्थल पुगेर रमाउने गरेका छन् । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा चौकुने गाउँपालिका वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापाको जोड रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *