• अशोज २२, २०८१
  • No Comment
  • 193

बालबालिका लागि जंगफुड यति धेरै घातक

पछिल्लो समय बालबालिकाहरुका लागि जंगफुड निकै लोकप्रिय बन्दै गएको पाइन्छ । तर के साचिकै बालबालिकाका लागि जंगफुड स्वस्थकर छ त ?

जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो भएको बताएकी छिन् ।

उनले नीतिमा लेखिएका कुराहरू व्यावहारिक रूपमा लागू नहुँदा समस्या पर्ने गरेको बताएकी हुन् ।

‘नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो छ । तर समस्या के छ भने त्यो नीतिमा लेखिएका कुराहरु व्यावहारिक रुपमा लागू भएको छैन । जस्तो जनसङ्ख्या नीतिमा हाम्रो परम्परागत ज्ञानहरुलाई ध्यान दिइने भनिएको छ तर परम्परागत ज्ञानहरुलाई कहिल्यै पनि ध्यान दिएको छैन्,’ उनले भनिन् ।

जनसङ्ख्या नीतिमा आयुर्वेदलाई महत्त्वपूणर् स्थान दिइनेछ भनिएको भए पनि आयुर्वेदलाई कहिल्यै महत्त्वपूणर् स्थान नदिएको उनको गुनासो छ । त्यस्तै नीतिमा विभिन्न किसिमका रोगहरु रोकथाम गर्नका लगि महत्त्वपूणर् कदमहरु चालिने छ भनेर लेखिएको भए पनि कुनै रोगको भ्याक्सिनबाहेक मुटु, कलेजो मधुमेह जस्ता रोगहरुको रोकथामको लागि प्रभावकारी काम नभएको उनको बुझाइ छ ।

जनस्वास्थ्यका विषयमा सबैले आवाज उठाउनुपर्ने औंल्याउँदै डा.उप्रेतीले जनस्वास्थ्यको कुरा गर्दा पोषणका बारेमा बारम्बार कुरा आइरह्यो भने सरकारले पनि आफ्नो नीतिलाई व्यावहारिक बनाउन बाध्य हुने बताइन् ।

डा.उप्रेतीले नेपालका बच्चाहरुमा कुपोषणको समस्या देखिएको उल्लेख गर्दै अविभावकहरुले आफ्ना बालबालिकाहरुलाई जंग फुड खुवाएर जिन्दगिभरलाई सराप दिइरहेको बताइन् ।

‘सुन्दा अप्रिय लाग्छ । बच्चाले जन्मेको एक वर्ष हुने बित्तिकै चाउचाउ खान्छु, विस्कुट खान्छु, पाउरोटी खान्छु, कुर्मुरे खान्छु भन्दैन । तर आमाबाबुहरुले बच्चालाई विषालु माया गरेर त्यस्तो खानेकुरा बच्चाहलाई दिएपछि र एकचोटी बच्चाले त्यो स्वाद पाएपछि छोड्न सक्दैन । बच्चाहरुले मान्दै मान्दैनन् भनेर भन्छन्,’ उनले भनिन्, ‘तर त्यो बच्चाहरुको समस्या होइन । समस्या अविभावकको हो । बच्चा भविष्यमा असल र स्वस्थ्य नागरिक बनोस् भन्ने विचार राख्नुहुन्छ र विभिन्न किसिमको रोग नलागोस् भन्ने चाहनुहुन्छ भने यस्तो विषालु खानेकुराहरुबाट बचाउनुहोस् ।’

डा. उप्रेतीले जंगफुड भनेको विष भएको उल्लेख गर्दै यसले बच्चाहरुलाई दिर्घकालीन रुपमा असर गर्ने बताइन् । ‘आज खायो भोलि नै केही हुँदैन । तर यसले बच्चाहरुलाई असाध्यै नराम्रो असर पार्छ । मस्तिस्क र पेटमा समस्या विस्तारै देखिन्छ । त्यसैले बच्चालाई विषालु माया होइन स्वस्थ खानेकुरा खुवाउनुहोस्,’ उनले सुझाव दिँदै भनिन् ।

यसका लागि बालबालिका भन्दा पनि अभिभावक चेतनशील हुन जरुरी छ । आफ्नो बालबालिकाको स्वास्थ्य प्रतिको चिन्ता अभिभावकले गर्नुपर्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *