• अशोज १७, २०८१
  • No Comment
  • 192

चौकुने गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता संचालन हुने

दिलिप कडेल,
सुर्खेत। जिल्लाको चौकुने गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष खेलकुद प्रतियोगिता अन्तर्गत पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद बिकास समितिका उपाध्यक्ष बिजय बहादुर बि कले जानकारी दिनुभएको छ ।

खेलकुद बिकास समितिका उपाध्यक्षका अनुसार आगामी कात्तिक ५ देखि ७ गते चौकुने गाउँपालिकाको वडा नम्बर ८गुटुमा रहेको रंगशालामा प्रतियोगिता हुनेभएको छ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपियाँ, द्वितीयलाई २० हजार रुपियाँ, तृतीय हुनेलाई १० हजार रुपियाँ र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा यस गाउँपालिकाभित्र रहेका १ देखि १० वटै वडाबाट खेलाडी सहभागी हुनेछन् प्रतियोगिताका लागि कार्तिक १ गते देखि ४ गतेसम्म टिम दर्ता गराई सक्नु पर्ने , खेलाडी सम्बन्धित वडाको हुनुपर्ने ,पोशाक अनिवार्य हुनुपर्ने र टिम दर्ताका लागि ३ हजार १ सय ११ एघार रुपैयाँ शुल्क लाग्ने खेल बिकास समितिका उपाध्यक्ष बि कले बताएका छन ।

थप जानकारीका लागि शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा ९८५८०५९००६ र खेलकुद समिति पदम राज शर्मा ९८४८३७६२१२

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *