• अशोज १७, २०८१
  • No Comment
  • 101

चौकुने गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता संचालन हुने

दिलिप कडेल,
सुर्खेत। जिल्लाको चौकुने गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष खेलकुद प्रतियोगिता अन्तर्गत पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद बिकास समितिका उपाध्यक्ष बिजय बहादुर बि कले जानकारी दिनुभएको छ ।

खेलकुद बिकास समितिका उपाध्यक्षका अनुसार आगामी कात्तिक ५ देखि ७ गते चौकुने गाउँपालिकाको वडा नम्बर ८गुटुमा रहेको रंगशालामा प्रतियोगिता हुनेभएको छ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपियाँ, द्वितीयलाई २० हजार रुपियाँ, तृतीय हुनेलाई १० हजार रुपियाँ र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा यस गाउँपालिकाभित्र रहेका १ देखि १० वटै वडाबाट खेलाडी सहभागी हुनेछन् प्रतियोगिताका लागि कार्तिक १ गते देखि ४ गतेसम्म टिम दर्ता गराई सक्नु पर्ने , खेलाडी सम्बन्धित वडाको हुनुपर्ने ,पोशाक अनिवार्य हुनुपर्ने र टिम दर्ताका लागि ३ हजार १ सय ११ एघार रुपैयाँ शुल्क लाग्ने खेल बिकास समितिका उपाध्यक्ष बि कले बताएका छन ।

थप जानकारीका लागि शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा ९८५८०५९००६ र खेलकुद समिति पदम राज शर्मा ९८४८३७६२१२

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *