• अशोज १६, २०८१
  • No Comment
  • 186

सुर्य दर्शन सहकारीकाे रकम अपचलनमा संलग्न पछाई पक्राउ

सुर्य दर्शन सहकारीकाे रकम अपचलनमा संलग्न पछाई पक्राउ  परेकी छन । गुल्मीको मुसिकोट नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाई सुर्य दर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन । उनलाई पोखरा-४ गैह्रापाटनबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनले गितेन्द्र बाबु राईसँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा हालेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने कार्य गरेका थिए ।

कास्कीको पोखरा महानगरपालिका-४ नालाकोमुखस्थित सञ्चालनमा रहेको सूर्य दर्शन सहकारीको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरेको पाइएको सूचना अधिकारी शर्माले बताए ।

पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *