• अशोज १६, २०८१
  • No Comment
  • 33

सुर्य दर्शन सहकारीकाे रकम अपचलनमा संलग्न पछाई पक्राउ

सुर्य दर्शन सहकारीकाे रकम अपचलनमा संलग्न पछाई पक्राउ  परेकी छन । गुल्मीको मुसिकोट नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाई सुर्य दर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन । उनलाई पोखरा-४ गैह्रापाटनबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनले गितेन्द्र बाबु राईसँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा हालेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने कार्य गरेका थिए ।

कास्कीको पोखरा महानगरपालिका-४ नालाकोमुखस्थित सञ्चालनमा रहेको सूर्य दर्शन सहकारीको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरेको पाइएको सूचना अधिकारी शर्माले बताए ।

पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।

सम्बन्धित खबर

सोलुखुम्बूमा हिमपातका कारण सडक अवरुद्ध

सोलुखुम्बूमा हिमपातका कारण सडक अवरुद्ध

सोलुखुम्बूमा हिमपात भएपछि जिल्लाको तल्लो क्षेत्रमा सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध…
 रवि लामिछाने थप दुई दिन हिरासतमा बस्ने

 रवि लामिछाने थप दुई दिन हिरासतमा बस्ने

सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमै राख्न आदेश भएको छ। जिल्ला अदालत, काठमाडौंमा…
चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *