• भदौ २८, २०८१
  • No Comment
  • 61

६० औ बाल दिवसका अवसरमा शुक्रबार आवाज संस्थाद्धारा ४ वटा बिद्यालयमा कार्यक्रम

६० औ बाल दिवसका अवसरमा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ आवाज सस्थाद्धारा संचालित “बाल बिवाह रोकथाम तथा ब्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजना”ले शुक्रबार ४ वटा बिद्यालयमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । ६० औ बाल दिवस भोली शनिवार भएपनी बिद्यालय बन्द हुने भएका कारण शुक्रबार कार्यक्रम गरिएको थियो ।

परियोजनाले वीरेन्द्रनगर नगरपालिका वडा नं.२ मा रहेको श्री प्रभात माध्यमिक बिद्यालय, श्री सरस्वती माध्यमिक बिद्यालय, श्री आनन्द माध्यमिक बिद्यालयमा र वडा नं.१ मा रहेको त्रिपु्रेश्वर माध्यमिक बिद्यालयमा कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुका बिचमा बत्तृत्वकला प्रतियोगिता, ¥याली र २०८० सालको एस.ई.ई.परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिबेक बुढा, कमल रोकाय र गणेश बहादुर मगरलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।
आवाज संस्था द्धारा संचालित “बाल बिवाह रोकथाम तथा ब्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजना” ले आयोजनालाई प्रभावकारी बनाउनका लागि वीरेन्द्रनगरमा ४ ओटा बिद्यालयमा किशोर किशोरीहरुको ८ ओटा समुह गठनगरेको थियो ।

प्रभात मावीमा एलिना बोगटी र प्रकाश रावत, त्रिपुरेश्वर मावीमा केशव आचार्य र शुशिला थापा, आनन्द मावीमा दिपक बिष्ट र बिमला रोकाय, सरस्वती मावीमा करुण मक्रान्ती र जैकला सार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । ३ वटा बिद्यालयमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएकोमा एउटा बिद्यालयमा बतृत्वकला कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *