• भदौ २७, २०८१
  • No Comment
  • 138

टिकटक एपले जागिर दिने 

विश्वभरी नै लोकप्रिय सामाजिक सञ्जाल टिकटक एपले नेपाली नागरिकलाई जागिर दिने घोषणा गरेको छ । मनोरञ्जनका लागि अत्यधिक लोकप्रिय मानिने यो चिनियाँ एपले नेपालीहरुलाई जागिर पनि दिने निणर्य गरेको हो । टिकटकको आधिकारिक वेबसाइटमा यो कम्पनीले नेपालीका लागि जागिर खुलाएको कुराको जानकारी गराएको छ ।

पब्लिक पोलिसी म्यानेजरको पदका लागि टिकटक कम्पनीले जागिर खुला गरेको हो । टिकटकले नेपाल तथा नेपालीका लागि पहिलो पटक जागिरको अवसर सिर्जना गरे पनि उक्त पदमा नियुक्ता हुने व्यक्ति पाउने सेवा र सुविधाका बारेमा भने केही पनि उल्लेख गरिएको छैन ।

टिकटकमा जागिर खान इच्छुक नेपालीलाई अनलाइनमार्फत नै आवेदन दिन आग्रह गरिएको छ । टिकटकमा जागिर खाने व्यक्तिले नेपाली र अंग्रेजी लेख्न तथा बोल्न सक्नु पर्ने छ भने गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव हुनु पर्नेछ । यसबाहेक सरकारी निकायसंग जोगिएर काम गरेको अनुभव हुनु पर्ने लगायत विभिन्न योग्यता हुनु पर्ने बताएको छ ।

विश्वका विभिन्न ११ स्थानमा कार्यालय भएको टिकटकको मुख्य कार्यालय भने सिंगापुर तथा लस एञ्जलसमा छन् । अन्य कार्यालयहरु भने दुबई, सिओल, टोकियो, बर्लिन, डब्लिन, लण्डन, जाकार्ता तथा न्यूयोर्कमा छन् । नेपालीका लागि जागिर खुला गराएता पनि नेपाल हेर्ने टिकटकको कार्यलय भने दु्बईमा रहेको छ ।

यस एपबाट राम्रो आम्दानि हुने र यसमै जागिर खुल्ने भएपछि युवा पुस्ताहरु सामाजिक संजालमा खुशी व्यक्त गरेका छन । भने अर्को तिर निणर्यमा युवा पूस्ता अलि असन्तुष्ट छन । तलब र सेवा सुविधाबारे पनि स्पष्ट गर्नुपर्नेमा जोड दिएका छन ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *