• भदौ २७, २०८१
  • No Comment
  • 217

टिकटक एपले जागिर दिने 

विश्वभरी नै लोकप्रिय सामाजिक सञ्जाल टिकटक एपले नेपाली नागरिकलाई जागिर दिने घोषणा गरेको छ । मनोरञ्जनका लागि अत्यधिक लोकप्रिय मानिने यो चिनियाँ एपले नेपालीहरुलाई जागिर पनि दिने निणर्य गरेको हो । टिकटकको आधिकारिक वेबसाइटमा यो कम्पनीले नेपालीका लागि जागिर खुलाएको कुराको जानकारी गराएको छ ।

पब्लिक पोलिसी म्यानेजरको पदका लागि टिकटक कम्पनीले जागिर खुला गरेको हो । टिकटकले नेपाल तथा नेपालीका लागि पहिलो पटक जागिरको अवसर सिर्जना गरे पनि उक्त पदमा नियुक्ता हुने व्यक्ति पाउने सेवा र सुविधाका बारेमा भने केही पनि उल्लेख गरिएको छैन ।

टिकटकमा जागिर खान इच्छुक नेपालीलाई अनलाइनमार्फत नै आवेदन दिन आग्रह गरिएको छ । टिकटकमा जागिर खाने व्यक्तिले नेपाली र अंग्रेजी लेख्न तथा बोल्न सक्नु पर्ने छ भने गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव हुनु पर्नेछ । यसबाहेक सरकारी निकायसंग जोगिएर काम गरेको अनुभव हुनु पर्ने लगायत विभिन्न योग्यता हुनु पर्ने बताएको छ ।

विश्वका विभिन्न ११ स्थानमा कार्यालय भएको टिकटकको मुख्य कार्यालय भने सिंगापुर तथा लस एञ्जलसमा छन् । अन्य कार्यालयहरु भने दुबई, सिओल, टोकियो, बर्लिन, डब्लिन, लण्डन, जाकार्ता तथा न्यूयोर्कमा छन् । नेपालीका लागि जागिर खुला गराएता पनि नेपाल हेर्ने टिकटकको कार्यलय भने दु्बईमा रहेको छ ।

यस एपबाट राम्रो आम्दानि हुने र यसमै जागिर खुल्ने भएपछि युवा पुस्ताहरु सामाजिक संजालमा खुशी व्यक्त गरेका छन । भने अर्को तिर निणर्यमा युवा पूस्ता अलि असन्तुष्ट छन । तलब र सेवा सुविधाबारे पनि स्पष्ट गर्नुपर्नेमा जोड दिएका छन ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *