• भदौ २६, २०८१
  • No Comment
  • 230

घरायसी विवादमा झगडा हुँदा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

घरायसी विवादमा झगडा हुँदा श्रीमानले अाफ्नै श्रीमतीको हत्या गरेका छन भने दुई छोरी घाइते भएका छन ।

बाराकाे निजगढ नगरपालिका- ९ बस्ने विमलकुमार बस्नेतले मंगलबार राति पौने आठ बजेको समयमा आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन ।

बस्नेत राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी हत्या गरेका हुन ।

सो विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले प्रहार गरे । झगडाको क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना घाइते भएका छन । घाइतेमध्ये जमुनालाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताए ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *