• भदौ २६, २०८१
  • No Comment
  • 191

घरायसी विवादमा झगडा हुँदा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

घरायसी विवादमा झगडा हुँदा श्रीमानले अाफ्नै श्रीमतीको हत्या गरेका छन भने दुई छोरी घाइते भएका छन ।

बाराकाे निजगढ नगरपालिका- ९ बस्ने विमलकुमार बस्नेतले मंगलबार राति पौने आठ बजेको समयमा आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन ।

बस्नेत राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी हत्या गरेका हुन ।

सो विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले प्रहार गरे । झगडाको क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना घाइते भएका छन । घाइतेमध्ये जमुनालाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताए ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *