• भदौ २५, २०८१
  • No Comment
  • 195

दैलेख र बाँकेका २ जना प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गरेको आरोपमा पक्राउ

दैलेख र बाँकेका २ जना प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गरेको भन्दै दैलेख प्रहरीले पक्राउ गरेकाे छ । उनहरूले नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाएकाे प्रहरीले बताएकाे छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका-६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका-७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् ।

उनीहरुले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको प्रहरीले जनाएकाे छ । लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको जनाएकाे छ भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका-२, को दशरथपुरबाट पक्राउ गरिएको जनाएकाे छ ।

खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *