• भदौ २५, २०८१
  • No Comment
  • 258

दैलेख र बाँकेका २ जना प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गरेको आरोपमा पक्राउ

दैलेख र बाँकेका २ जना प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गरेको भन्दै दैलेख प्रहरीले पक्राउ गरेकाे छ । उनहरूले नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाएकाे प्रहरीले बताएकाे छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका-६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका-७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् ।

उनीहरुले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको प्रहरीले जनाएकाे छ । लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको जनाएकाे छ भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका-२, को दशरथपुरबाट पक्राउ गरिएको जनाएकाे छ ।

खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *