• भदौ १८, २०८१
  • No Comment
  • 152

खोलामा डुबेर १ जनाको मृत्यु, एक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन ।

अर्घाखाँचीको शितगंगा नगरपालिका-१३, सिमलपानीमा छहरे खोलाले बगाउँदा कपिलवस्तुको बाणगंगा-२ का २९ वर्षीय उमेश पौडेलको मृत्यु भएको छ ।
खोलाबाट निस्किएको छहारामा फोटो खिच्नेक्रममा खोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सोही ठाउँका २३ वर्षीय किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन ।

मंगलबार दिउँसो कपिलवस्तुबाट घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भएपनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए ।

दुई जनालाई खोलाले बगाएको थियो । खोजतलास गर्ने क्रममा उमेशको शव झरना भन्दा पाँचसय मिटर तल खोलामा उमेश मृत भेटिएका थिए ।

किशोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *