• अशोज १४, २०८१
  • No Comment
  • 12

दसैँका लागि सुकिला नोट साट्न सुरु

दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आइतबारदेखि सुकिला नोट साट्न सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

दसैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही गर्ने व्यवस्था मिलाइने बताइएको छ । ठुलो लागत लगाएर छापेको नयाँ नोट दसैँमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको कुरालाई पनि मध्यनजर गर्दै दसैँमा नयाँभन्दा पुरानै नोटलाई सुकिला बनाएर दिन सुरु गरेको छ । दसैँतिहारका लागि ५, १०, २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक पनि सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयको दरले नोट सटही गरीने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *