• अशोज १३, २०८१
  • No Comment
  • 250

दैनिक खाली पेटमा बेसार पानी पिउँदा गर्छ यस्ता फाइदाहरु

बेसार हामी सबैको घर घरमा अनिवार्य रुपमा पाइने मसला हो । जसले खानालाई स्वादिष्ट बनाउनुको साथै स्वास्थ्यलाई पनि निकै फाइदा गर्छ ।
यसलाई तरकारीसँगै बिहान खाली पेटमा पानीमा पिउन पनि सकिन्छ ।

यसले हाम्रो शरीरलाई झन फाइदा गर्छ । यो प्राकृतिक उपायले तपाईंको पाचन मात्र सुधार गर्दैन । रोग प्रतिरक्षा क्षमतालाई पनि बलियो बनाउँछ। यस लेखमा बिहान खाली पेटमा बेसार र पानी पिउनुको फाइदाबारे जानकारी दिने छौँ ।

तौल घटाउन मद्दत
बिहान एक गिलास मनतातो पानीमा एक चिम्टी बेसार मिसाएर पिउनाले तौल घटाउन मद्दत गर्छ । पेटको बोसो पग्लाउन बेसार प्रभावकारी हुन्छ । जसले तौल नियन्त्रण गर्न मद्दत गर्छ। यसको नियमित सेवनले मेटाबोलिज्म पनि बढाउँछ । जसले शरीरमा बोसो घटाउने प्रक्रियालाई गति दिन्छ। यसरी बेसारको पानीले तौल घटाउने प्रयासलाई अझ प्रभावकारी बनाउँछ।

पाचन शक्ति सुधार
बेसारको पानीले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसले अपच, ग्यास र एसिडिटीको समस्याबाट छुटकारा दिन्छ। बिहान सबेरै बेसारको पानी पिउनाले शरीरलाई डिटक्सिफिकेसन गर्छ । जसले तपाईलाई ताजा र हल्का महसुस गराउँछ। यसको एन्टी-इन्फ्लेमेटरी गुणहरूले पेटको सूजनलाई पनि कम गर्छ । यसका साथै पाचनलाई अझ सहज बनाउँछ। नियमित रूपमा बेसारको पानी पिउनाले तपाईले राम्रो पाचन र ऊर्जा स्तरको अनुभव गर्न सक्नुहुन्छ।

शरीर सुन्निने समस्यामा कमी
बेसारमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले शरीरमा हुने सूजनलाई कम गर्न मद्दत गर्छ । बिहान बेसारको पानी पिउनाले पेट र अनुहारको हल्का सुन्निने समस्याबाट आराम मिल्छ । यो गुण विशेष गरी लाभदायक छ यदि बिहान उठेपछि कुनै प्रकारको सुन्निएको अनुभव गर्नुहुन्छ भने बेसारको पानी नियमित पिउन सक्नु हुन्छ । यसले तपाईको शरीरलाई सुन्निन मात्रै हैन । स्वास्थ्यलाई पनि फाइदा गर्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि
बेसारमा एन्टी- माइक्रोबियल र एन्टी-अक्सिडेन्ट हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। बिहान खाली पेटमा बेसारको पानी पिउनाले मौसमी रोग र संक्रमणबाट बच्न सकिन्छ । विशेष गरी मनसुनको मौसममा फ्लू र चिसो सामान्य हुन्छ । यस्तो अवस्थामा बेसारको पानीले प्राकृतिक सुरक्षात्मक ढालको रूपमा काम गर्दछ। नियमित सेवनले तपाईको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, तपाईलाई स्वस्थ र सक्रिय राख्छ।

छालाको लागि लाभदायक
बेसारमा विशेष तत्व पाइन्छ जसले छालाको मृत कोशिका हटाउन मद्दत गर्छ । यसको नियमित सेवनले छालालाई जवान र चम्किलो राख्छ, साथै पिम्पल र एक्नेको समस्या पनि कम हुन्छ। बिहान खाली पेटमा बेसारको पानी पिउनाले छालाको स्वास्थ्यमा सुधार ल्याउँछ, तपाईलाई थप ताजा र स्वस्थ महसुस गराउँछ। यस बाहेक, बेसारको एन्टी९इन्फ्लेमेटरी गुणहरूले छालाको सूजन कम गर्न पनि मद्दत गर्दछ, जसले तपाईंको छालाको रंगलाई सुधार गर्दछ।

रक्त शर्करा स्तर नियन्त्रण
बेसारमा कर्क्युमिन नामक तत्व हुन्छ, जसले शरीरमा इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहबाट बच्न मद्दत गर्छ र रगतमा इन्सुलिनको विघटन प्रक्रियालाई सुस्त बनाउँछ।

हृदय स्वास्थ्य सुधार
मुटुको स्वास्थ्य सुधार्न बेसारको पानीले महत्वपूणर् भूमिका खेल्छ । यसको एन्टी९इन्फ्लेमेटरी गुण र कर्क्यूमिन तत्वहरूले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ, जसले गर्दा हृदय रोगको जोखिम कम हुन्छ। नियमित बिहान खाली पेटमा बेसारको पानी पिउनाले रक्तसञ्चारमा सुधार हुन्छ, जसले मुटुलाई बलियो बनाउँछ । यसले तपाईको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ र समग्र स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ।

कसले जोगिनु पर्छ ?
बेसारको पानीका फाइदाहरूको सूची लामो भएता पनि कतिपयले यसलाई पिउनबाट जोगिनुपर्छ ।

गर्भवती महिलाहरूले बेसारको अत्याधिक उपभोगबाट बच्नुपर्छ। रगत पातलो बनाउने औषधि लिनेहरूले बेसारको सेवनले रगत जम्ने प्रक्रियालाई असर गर्न सक्छ। ग्यास्ट्रिक समस्या यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने बेसारको पानीको सेवन सीमित गर्नुहोस्। एलर्जीस् यदि तपाईलाई बेसारबाट एलर्जी छ भने यसको सेवन नगर्नुहोस् ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *