• अशोज १२, २०८१
  • No Comment
  • 22

बाढी पहिरोबाट देशभर ६६ जनाको मृत्यु , ६९ जना बेपत्ता

पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीपहिरोबाट ठुलो धनजनको क्षति भएको छ । बाढी र पहिरोका कारण कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाको मृत्यु , ६० जना घाइते भएका छन् । ६९ जना अझै बेपत्ता भएको र सबैभन्दा धेरै क्षति बाग्मती प्रदेशका जिल्लाहरुमा भएको गृह मन्त्रालयले जानकारी दिएको छ । शनिवार गृह मन्त्रालयले पत्रकार सम्मेलन गरि विभिन्न स्थानमा भएको क्षतिबारे विस्तृत जानकारी दिएको छ ।

बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उपत्यकाभित्र काठमाडौँमा ९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाईते र ८ जना बेपत्ता भएका छन् ।
सुरक्षाकर्मीहरूले अहिलेसम्म ३ हजार जनालाई उद्धार गरिसकेका छन् । काठमाडौँ, काभ्रे, सिन्धुली र मकवानपुरमा हेलिकोप्टरको माध्यमबाट उद्धार कार्य गरिएको छ । उद्धार र राहतको कार्य निरन्तर जारी रहेको र आवश्यक ठाउँमा थप सुरक्षाकर्मी परिचालन हुने मन्त्रालयको भनाई छ । घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ भने जिल्ला विपद् व्यवस्थापन समितिहरू मार्फत राहत वितरणको काम पनि सुरु गरीएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *