- अशोज ११, २०८१
- No Comment
- 14
चाैकुने सुर्खेतकाे श्री सिद्धेस्वरी मा विको अभिभावक भेला सम्पन्न
चौकुने -७ सुर्खेतको श्री सिद्धेस्वरी माध्यमिक विद्यालयकाे अभिभावक भेला आज सम्पन्न भएको छ । चौकुने गाउँपालिका वडा न –७ स्थित विद्यालयको प्रांगणमा अभिभावक भेला सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर सोनीको सभापतित्वमा चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाको प्रमुख अतिथिमा र वडा नम्बर ७ का वडा अध्यक्ष धनिराम धमालाको विशिष्ट अतिथिमा अभिभावक भेला सम्पन्न भएको थियोे । भेलाको प्रमुख अतिथि शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउनु भयो ।
बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याउनु भयो ।विद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो नभए विद्यालयले प्रगति गर्न नसकिने बुढाले भन्नूभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्दछ ।
सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको उहाँले बताउनुभयो यस्तै सोही विद्यालयका प्रधानाध्यापक रतन सिह थापाले विद्यालयका आ-आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु र सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्हो भएको अनुभव आफुले लिएको बताउनु भयो ।
कार्यक्रम संचालन विद्यालयका प्रधानाध्यापक रतन सिह थापाले गर्नु भएको थियाे भने स्वागत मन्तब्य देवानन्द धमालाको रहेको थियो ।