• भदौ १४, २०८१
  • No Comment
  • 236

पुर्व डिआइजी सहित दश जना चोरी शिकारीको अभियोगमा पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज पलार क्षेत्रमा बुधबार मध्यरातीपुर्व डिआइजी सहित दश जना चोरी शिकारीको अभियोगमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार राती २ बजेतिर कोशी ब्यारेज पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर फर्किदै गर्दा हतियारसहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्व डिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका २ का ६१ वर्षिय ज्ञानबिक्रम शाह, पूर्व उपसभामुख सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका जोगिनियाँ निवासी गंगाप्रसाद यादवका ४० वर्षिय छोरा आकाश यादव, नेपाल प्रहरीका बहालवाला सई बिराटनगर उपमहानगरपालिका ३ निवासी ३९ वर्षिय संजय न्यौपाने छन् । सई न्यौपाने हाल मधेश प्रदेशको बर्दिवास प्रहरी कार्यालयमा कार्यरत छन् ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका जनार्दन राउत, ओमशंकर प्रसैला, लक्ष्मण मंडल, शंकर खिडहरी यादव, तिरहुत गाउँपालिकाका लक्ष्मी मंडल, राजविराज नगरपालिका ७ का रबिन दास र सुनसरीको इटहरी उपमहानगरपालिका २ का प्रदिप लिम्बु पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट २२ क्यालिबरको राइफल एक थान, राइफलको म्याग्जिन २ थान, सोमा प्रयोग हुने गोली १५ थान, बाइनाकुलर ३ थान, ट्राइपोर्टर एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, चोरी शिकारी गरी मारिएको बँदेल लोड गरिएको को.२ त. ६९ नम्बरको ट्याक्टर तथा प्रदेश-३-०१-०२२च.६८५५ नम्बरको स्कारपियो बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएका सामनसहित अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा ल्याई डिभिजन वन कार्यालय सप्तरीको समन्वयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि यस्ता घटनाहरू भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…
विज्ञान भन्छ– रक्सीले शरीरमा पुर्‍याएको क्षति आंशिक रूपमा उल्ट्याउन सकिन्छ

विज्ञान भन्छ– रक्सीले शरीरमा पुर्‍याएको क्षति आंशिक रूपमा उल्ट्याउन…

काठमाडौं : वैज्ञानिकहरूले समयमै रक्सी सेवन बन्द गरे शरीरमा भएको धेरै क्षति कम गर्न, रोक्न वा आंशिक रूपमा उल्ट्याउन सकिने बताएका…
सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना पक्राउ

सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना…

सुर्खेत, ३० वैशाख : सुर्खेतको  वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले घरबेटीसहित ८ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७ फूलबारी टोलस्थित जनक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *