• भदौ ५, २०८१
  • No Comment
  • 226

पछिल्लो अपडेट : हुम्लामा जिप दुर्घटनामा गम्भीर घाइते ४ जनाको हेलिकप्टरद्धारा उद्धार

हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनामा परि गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सिम्रिक एयरको हेलिकप्टरद्धारा चिन्ताजनक अवस्था भएका ४ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पुर्याएको हुम्ला जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

घाइते भएका ७ जना मध्ये गम्भीर रहेका ४ जनालाई थप उपचारका लागि ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ललाई थप उपचारका लागि रिफर गरिएको छ ।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामन्य रहेको छ ।

आज बिहान करिब ८ बजेको समयमा चङ्खेली गाउँपालिका २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कणर्ाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो ।
जीप सडक देखि १५० मिटर तल खसेको थियो । अरु अपडेट आउन बाँकि छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *