• भदौ ५, २०८१
  • No Comment
  • 256

पछिल्लो अपडेट : हुम्लामा जिप दुर्घटनामा गम्भीर घाइते ४ जनाको हेलिकप्टरद्धारा उद्धार

हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनामा परि गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सिम्रिक एयरको हेलिकप्टरद्धारा चिन्ताजनक अवस्था भएका ४ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पुर्याएको हुम्ला जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

घाइते भएका ७ जना मध्ये गम्भीर रहेका ४ जनालाई थप उपचारका लागि ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ललाई थप उपचारका लागि रिफर गरिएको छ ।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामन्य रहेको छ ।

आज बिहान करिब ८ बजेको समयमा चङ्खेली गाउँपालिका २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कणर्ाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो ।
जीप सडक देखि १५० मिटर तल खसेको थियो । अरु अपडेट आउन बाँकि छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *