• भदौ ५, २०८१
  • No Comment
  • 226

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले बुधबार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कणर्ाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कणर्ाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *