• साउन ३२, २०८१
  • No Comment
  • 26

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन कुनै समस्या छैन् : मन्त्री भण्डारी

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयमा कुनै समस्या नभएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएका छन् । उनले शुक्रबार अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर भएको अवस्थालाई प्रष्ट पार्दै सरकारलाई आर्थिक व्यवभार नबढ्ने गरी प्रतिष्ठानका लागि पहल गरिने जानकारी दिएका छन् ।

अस्पताल सेवा प्रवाहमा राम्रो देखिएपनि सेवाग्राही अझैपनि विश्वस्त हुन नसकेको प्रति सचेत हुनुपर्ने र सेवा प्रदायक निकायका व्यक्तिले सेवाग्राहीसँग गरिने बोलीचाली र व्यवहारमा सुधार गर्नुपर्ने उनले अस्पताललाई सुझाव दिएका छन् । सार्वजनिक सेवा र वस्तु प्रवाहमा कमजोरी नगर्न आग्रह गर्दै सरकारका तर्फबाट गरिने महत्वपूणर्ं कार्य सम्पादनमा पदमा नहुँदा पनि सहयोग गर्ने प्रतिवद्धता मन्त्री भण्डारीले जनाए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले अस्पताल व्यवस्थापनका लागि विगतको तुलनामा चालू आर्थिक वर्षमा बजेट घटेको बारे जानकारी गराउँदै त्यसतर्फ मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । यस्तै, अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले गरीब जनताको अवस्थालाई हेरेर त्यस अनुरूपको कार्ययोजना बनाउन आग्रह गरेका छन् । उनले स्वास्थ्य संरचनाका लागि सरकारका योजनाहरू प्राथमिकतामा नपरेको जानकारी दिए । तीन सय बेड सञ्चालनमा रहेको अस्पतालले थप नयाँ सुविधाको तयारी गरेको डाक्टर खड्काले जानकारी दिएका छन् । उनले यसका लागि सरकारी सहयोगको अपेक्षा गरेको बताएका छन् । अस्पताललाई प्रतिष्ठानका रूपमा लिन मन्त्री भण्डारी समक्ष निर्देशक खड्काले अनुरोध गरेका हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *