• साउन २५, २०८१
  • No Comment
  • 45

कोहलपुर-सुर्खेत १३२ केभिए विद्युत लाइनमा पर्ने रुख काट्न स्वीकृति

कोहलपुर-सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने रुख कटानको स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त क्षेत्रमा पर्ने ६ हजारभन्दा बढी रुख कटानको स्वीकृति दिएको हो । यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार आठ सय रुखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो ।

अहिले रुख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रुख कटानको अनुमति दिएपछि मात्र कटान सुरु हुने छ । यो अनुमतिसँगै विद्युत् विस्तारको काम प्रभावकारी रूपमा अघि बढ्ने छ । बाँके राष्ट्रिय निकुञ्जमा २ हजार ९९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा ३ हजार ३२० रुख कटानका लागि विभागले स्वीकृति दिएको हो । २०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निणर्यले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ । रुखमा चिनो लगाएको करिब दुई महिनापछि आयोजनाले रुख कटानका लागि स्वीकृति पाएको हो । अहिले दुई वटा राष्ट्रिय निकुञ्जमा रुख कटान अनुमतिको फाइल पेस गरिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *