- साउन २४, २०८१
- No Comment
- 15
बर्षाका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोबिन्द लामाका अनुसार गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको हो । लगतार वर्षा भइरहेको कारण नेपालगंजबाट हुने हवाई सेवा अवरुद्ध भएको हो ।
सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगंजका लागि उड्ने यात्रुहरु मर्कामा परेका छन् । हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विधार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् । पैदल मार्गको सडक पनि ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट पनि आउजाउ सम्भव छैन ।
हाल नेपालगंजबाट सिमकोटका लागि समिट, सीता, तारा र नेपाल एयरलाईन्सका जहाजहरुले उडान भर्ने गरेका छन् । खराव मौसमकै कारण हवाई सेवा अवरुद्ध हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।