• साउन १७, २०८१
  • No Comment
  • 287

काठमाडौंमा छिमेकीबीच झडप, एक युवाको मृत्यु, ६ जना घाइते

काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक युवाको मृत्यु भएको छ । धारिलो हतियारसहित भएको झडपमा अन्य ६ जना घाइते भएका छन् । झडपका क्रममा ३३ वर्षिय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१७ मा रहेको पोडेटोलमा बुधबार राति झडप भएको हो । घटनामा सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी र अमृत पुजारी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

छिमेकीसँगको विवादले उग्र रुप लिएको स्थानीयले बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *