• साउन १७, २०८१
  • No Comment
  • 154

काठमाडौंमा छिमेकीबीच झडप, एक युवाको मृत्यु, ६ जना घाइते

काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक युवाको मृत्यु भएको छ । धारिलो हतियारसहित भएको झडपमा अन्य ६ जना घाइते भएका छन् । झडपका क्रममा ३३ वर्षिय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१७ मा रहेको पोडेटोलमा बुधबार राति झडप भएको हो । घटनामा सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी र अमृत पुजारी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

छिमेकीसँगको विवादले उग्र रुप लिएको स्थानीयले बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबर

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौँ।  पोषणतत्त्वले भरिएको गाजर केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोतको खोजीमा…
यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका…
चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नं ६ श्री जिवन ज्योति मा विको प्राङ्गणमा 7 ‘A’ साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *