• साउन ११, २०८१
  • No Comment
  • 263

जंक फुड कै कारण लाग्ने गर्छन यस्ता रोगहरु हेर्नुहोस

अहिलेको समयमा जंक फुडको सेवन नगर्ने कोही पनि हुन्न । यसलाई सेवन गर्न बालक देखि बृद्धसम्मले मन पराउछन । विस्तारै यसको सेवनले मानिसहरुलाई विभिन्न लत जस्तै जंक फुडको पनि लत बस्छ । यसमा समयमै ध्यान दिएन भने सानै उमेरमा यस्ता रोगको सिकार बन्न सक्छन । जीवनभर औषधि र अरूमा भर पर्नुपर्छ । अभिभावकले यथार्थ कुरा नबुझि जंक फुड खुवाउदा धेरै बालबालिकाहरु यसको सिकार बनीसकेका छन ।

भागदौडपूर्ण जीवनमा हामी घरकै खानाभन्दा जंक फुडहरू पिज्जा, बर्गर, कोल्ड ड्रिंक्स, फ्रेन्च फ्राइज र आइसक्रिम आफैँ र बच्चालाई खुवाइरहेका हुन्छौ जसका कारण बालबालिकाहरू बाल्यकालमा नै बुढ्यौली रोगको सिकार हुन थालेका छन् ।

जंक फुड आजको अस्वस्थ जीवनशैलीको लागि सबैभन्दा बढी जिम्मेवार पक्ष हो । जंक फूडले बजारमा कस्ता प्रकारका रोगहरूलाई निम्त्याइरहेको छ। यसबारे हेर्नुहाेस ।

 

मोटोपना
मोटोपना यस्तो रोग हो जसलाई समयमै नियन्त्रण गर्न सकिएन भने उच्च रक्तचाप, स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । मोटोपनालाई रोगको सुरुवात मान्न सकिन्छ । जंक फुड खाने बानीका कारण मोटोपना तीव्र गतिमा बढ्न थाल्छ ।

मधुमेहको जोखिम
जंक फूडमा शरीरको लागि आवश्यक पोषक तत्त्वहरू थोरै वा कुनै पनि हुँदैन । फाइबरको अभाव र जंक फूडमा चिनीको मात्रा बढी हुँदा रगतमा चिनीको मात्रा बढ्छ, जसले मधुमेहको जोखिम बढाउँछ ।

उच्च रक्तचापको समस्या
बर्गर, फ्रेन्च फ्राइज र अन्य यस्ता जंक फूडको स्वाद नुन र डीप फ्राइको कारण आउँछ । जब तपाईँ यिनीहरूको सेवन गर्नुहुन्छ तपाईँको शरीरमा आवश्यकता भन्दा बढी नुन प्रवेश गरिरहेको हुन्छ । जब शरीरमा सोडियमको मात्रा बढी हुन्छ तब रक्तचापको जोखिम बढ्छ ।

दमको समस्या
जंक फडुको अत्यधिक सेवनले तपाईँको श्वासप्रश्वास प्रणालीलाई पनि असर गर्छ । मोटोपनाले मुटु र फोक्सोमा अतिरिक्त दबाब दिन्छ, जसका कारण तपाईँ दमको सिकार हुन सक्नुहुन्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव
जंक फूडले तपाईँको मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । मोटोपना बढ्ने कारणले कुनै पनि प्रकारको शारीरिक गतिविधि गर्न सकिँदैन जसका कारण तनाव हर्मोन बढ्न थाल्छ र व्यक्तिमा चिडचिडापन, तनाव, डिप्रेसन जस्ता लक्षणहरू देखा पर्छन् ।

छालालाई पनि हानि
धेरै नुन र चिनीको सेवनले समय नपुग्दै बुढ्यौली बनाउन सक्छ । जसका कारण छाला बिग्रन थाल्छ । स्वास्थ्यका साथसाथै तपाईँको छालाको लागि स्वस्थ आहार पनि महत्त्वपूणर् हुन्छ तर आवश्यक पोषणको कमीले अनुहार थकित देखिन्छ र चमक पनि कम हुन थाल्छ ।

यदि आफु र आफ्नो परिवारको स्वास्थ्यलाई स्वस्थ राख्न चाहानु हुन्छ भने आहारमा जंक फुड हटाउने र स्वस्थ जीवन अपनाउने संकल्प गर्नुहोस ।

सम्बन्धित खबर

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…
विज्ञान भन्छ– रक्सीले शरीरमा पुर्‍याएको क्षति आंशिक रूपमा उल्ट्याउन सकिन्छ

विज्ञान भन्छ– रक्सीले शरीरमा पुर्‍याएको क्षति आंशिक रूपमा उल्ट्याउन…

काठमाडौं : वैज्ञानिकहरूले समयमै रक्सी सेवन बन्द गरे शरीरमा भएको धेरै क्षति कम गर्न, रोक्न वा आंशिक रूपमा उल्ट्याउन सकिने बताएका…
सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना पक्राउ

सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना…

सुर्खेत, ३० वैशाख : सुर्खेतको  वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले घरबेटीसहित ८ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७ फूलबारी टोलस्थित जनक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *