• साउन ११, २०८१
  • No Comment
  • 214

जंक फुड कै कारण लाग्ने गर्छन यस्ता रोगहरु हेर्नुहोस

अहिलेको समयमा जंक फुडको सेवन नगर्ने कोही पनि हुन्न । यसलाई सेवन गर्न बालक देखि बृद्धसम्मले मन पराउछन । विस्तारै यसको सेवनले मानिसहरुलाई विभिन्न लत जस्तै जंक फुडको पनि लत बस्छ । यसमा समयमै ध्यान दिएन भने सानै उमेरमा यस्ता रोगको सिकार बन्न सक्छन । जीवनभर औषधि र अरूमा भर पर्नुपर्छ । अभिभावकले यथार्थ कुरा नबुझि जंक फुड खुवाउदा धेरै बालबालिकाहरु यसको सिकार बनीसकेका छन ।

भागदौडपूर्ण जीवनमा हामी घरकै खानाभन्दा जंक फुडहरू पिज्जा, बर्गर, कोल्ड ड्रिंक्स, फ्रेन्च फ्राइज र आइसक्रिम आफैँ र बच्चालाई खुवाइरहेका हुन्छौ जसका कारण बालबालिकाहरू बाल्यकालमा नै बुढ्यौली रोगको सिकार हुन थालेका छन् ।

जंक फुड आजको अस्वस्थ जीवनशैलीको लागि सबैभन्दा बढी जिम्मेवार पक्ष हो । जंक फूडले बजारमा कस्ता प्रकारका रोगहरूलाई निम्त्याइरहेको छ। यसबारे हेर्नुहाेस ।

 

मोटोपना
मोटोपना यस्तो रोग हो जसलाई समयमै नियन्त्रण गर्न सकिएन भने उच्च रक्तचाप, स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । मोटोपनालाई रोगको सुरुवात मान्न सकिन्छ । जंक फुड खाने बानीका कारण मोटोपना तीव्र गतिमा बढ्न थाल्छ ।

मधुमेहको जोखिम
जंक फूडमा शरीरको लागि आवश्यक पोषक तत्त्वहरू थोरै वा कुनै पनि हुँदैन । फाइबरको अभाव र जंक फूडमा चिनीको मात्रा बढी हुँदा रगतमा चिनीको मात्रा बढ्छ, जसले मधुमेहको जोखिम बढाउँछ ।

उच्च रक्तचापको समस्या
बर्गर, फ्रेन्च फ्राइज र अन्य यस्ता जंक फूडको स्वाद नुन र डीप फ्राइको कारण आउँछ । जब तपाईँ यिनीहरूको सेवन गर्नुहुन्छ तपाईँको शरीरमा आवश्यकता भन्दा बढी नुन प्रवेश गरिरहेको हुन्छ । जब शरीरमा सोडियमको मात्रा बढी हुन्छ तब रक्तचापको जोखिम बढ्छ ।

दमको समस्या
जंक फडुको अत्यधिक सेवनले तपाईँको श्वासप्रश्वास प्रणालीलाई पनि असर गर्छ । मोटोपनाले मुटु र फोक्सोमा अतिरिक्त दबाब दिन्छ, जसका कारण तपाईँ दमको सिकार हुन सक्नुहुन्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव
जंक फूडले तपाईँको मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । मोटोपना बढ्ने कारणले कुनै पनि प्रकारको शारीरिक गतिविधि गर्न सकिँदैन जसका कारण तनाव हर्मोन बढ्न थाल्छ र व्यक्तिमा चिडचिडापन, तनाव, डिप्रेसन जस्ता लक्षणहरू देखा पर्छन् ।

छालालाई पनि हानि
धेरै नुन र चिनीको सेवनले समय नपुग्दै बुढ्यौली बनाउन सक्छ । जसका कारण छाला बिग्रन थाल्छ । स्वास्थ्यका साथसाथै तपाईँको छालाको लागि स्वस्थ आहार पनि महत्त्वपूणर् हुन्छ तर आवश्यक पोषणको कमीले अनुहार थकित देखिन्छ र चमक पनि कम हुन थाल्छ ।

यदि आफु र आफ्नो परिवारको स्वास्थ्यलाई स्वस्थ राख्न चाहानु हुन्छ भने आहारमा जंक फुड हटाउने र स्वस्थ जीवन अपनाउने संकल्प गर्नुहोस ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *