
सुर्खेत। नेकपा एमालेबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले पार्टीबाट राजीनामा दिएका छन्।
विष्टले सामाजिक सञ्जालमार्फत आजको मितिदेखि एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले राजीनामाको कारण भने खुलाएका छैनन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित विष्टले वडाध्यक्ष पद छाड्ने वा निरन्तरता दिने विषयमा भने केही उल्लेख गरेका छैनन्। यसबारे बाँकी कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने उनले बताएका छन्।



