
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीको बीच टापुमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ।
अाइबार साँझ नदीमा पानीको बहाव बढेपछि फसेका उनीहरूको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। सुरुमा गाई चराउन गएको भनिए पनि थप बुझ्दा उनीहरू नदीमा दाउरा निकाल्न गएको खुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदुबाट प्रहरी सहायक निरीक्षक गणेश बटालाको नेतृत्वमा टोली खटिएको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी नवराज बरालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी ३६ जनाको संयुक्त टोली उद्धार सामग्रीसहित घटनास्थलमा परिचालन गरिएको थियो।
नेपाली सेनाको डोल्पास्थित हेलिकप्टरमार्फत भेरी नगरपालिका–१३ कुदुका ३२ वर्षीय नन्दलाल विक, ४१ वर्षीय खिमबहादुर गिरी, ३४ वर्षीय विशाल सुनार र ३२ वर्षीय धनबहादुर सिंह ठकुरीको उद्धार गरिएको हो।
उनीहरूलाई साँझ करिब ६ः२० बजे सकुशल उद्धार गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको



