
डडेलधुरा– जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत एक प्रहरी जवान अमरगढी नगरपालिका–५ स्थित जंगलमा मृत फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर श्रीमतीलाई पठाएका थिए। श्रीमतीले प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा बोहरा मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



